मिति २०७५ माघ २२ गते अर्जुनधारा नगरपालिकाका प्रमुख श्री हरिकुमार रानाज्यूकाे अध्यक्षतामा बिरिङ टाङटिङ लगायतका नदिहरुबाट नदिजन्य सामाग्रीकाे उत्खननमा भइरहेकाे समस्यामा सम्बन्धमा सर्वपक्षीय बैठक बस्याे ।बैठकमा माननीय प्रदेश सभा सदस्य श्री वृख प्रधान जिल्ला समन्वय समितिका प्रमुख श्री साेमनाथ पाेर्तेल बुद्धशान्ती गाउँपालिकाका अध्यक्ष श्री रमेश भुजेल सहायक प्रमुख जिल्ला अधिकारी श्री माधवप्रसाद पाेखरेल लगायत सराेकारवाला सबैपक्षकाे उपस्थिती रहेकाे थियाे ।बैठकले समस्या समाधानका लागि ७ वटा निर्णयहरु गरेकाे छ ।