FAQs Complain Problems

Photo Gallery

साहित्य विमर्श तथा दीर्घ साहित्य सेवा सम्मान, २०८२
अर्जुनधारा नगरपालिका, झापाले प्रत्येक वर्ष साहित्य विमर्श तथा दीर्घ साहित्य सेवा सम्मान कार्यक्रम गर्दै आएको छ । यो वर्ष मिति २०८२ साल चैत्र २० गते नगरपालिकाको सभाहलमा नगर प्रमुख श्री बलदेवसिंह गोम्देन तामाङ्ज्यूको अध्यक्षता वरिष्ठ कवि श्री प्रकाश बुढाथोकीज्यूको प्रमुख आतिथ्यतामा एक कार्यक्रम आयोजना गरी नगद रु १ लाख १ हजार मात्र (कर बाहेक) सहित दीर्घ साहित्य सेवा सम्मान २०८२ वरिष्ठ साहित्यकार श्री कृष्ण धरावाशीज्यूलाई अर्पण गरियो ।
कार्यक्रममा बदलिदो राजनैतिक परिवेशमा साहित्यको भूमिका विषयक वहस कार्यक्रम सञ्चालन गरिएको थियो ।सञ्चारकर्मी श्री सन्तोष आचार्यले सहजिकरण गर्नु भएको वहस कार्यक्रममा वरिष्ठ साहित्यकारहरु श्री चन्द्र भण्डारी, श्री सिमा आभाष तथा श्री दिपेन्द्र आचार्य वक्ताको रुपमा रहनु भएको थियो ।
वहस कार्यक्रम पश्चात विभिन्न ठाउँबाट पाल्नु भएका १५ जना कवि तथा गजलकारहरुले आ आफ्नो रचना वाचन गर्नु भएको थियो ।
कार्यक्रममा भाषा कला साहित्य तथा सँस्कृति प्रवर्द्धन समितिका संयोजक श्री कञ्चना काफ्लेले स्वागत मन्तव्य राख्नु भएको थियो भने नगर उप प्रमुख श्री खड्गमाया पराजुलीज्यूले कार्यक्रमको उद्देश्यका सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमको लाइभ भिडियो यहाँबाट समेत हेर्न सकिन्छः
https://www.facebook.com/share/v/1HFmvQ289b/
https://www.facebook.com/share/v/1KbZPnDGQ7/

, , , , ,

"सक्षम निजामति प्रशासनःविकास तथा समृद्धि र सुशासन "

निजामति सेवा दिवश,२०७६

 

निजामति सेवा दिवश २०७६ को अवसरमा प्रमुख प्रशासकीय अधिकृत श्री पंकज भूर्तेलज्यूको अध्यक्षता एवं नगर प्रमुख श्री हरिकुमार रानाज्यूको प्रमुख आतिथ्यतामा अर्जुनधारा नगरपालिका अन्तर्गत सार्वजनिक सेवाका कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम गरी निजामति तथा सार्वजनिक सेवाका विविध पक्षका विषयमा अन्तर्क्रिया गरियो ।

तत् पश्चात कार्यालय हातामा वृक्षारोपण गरिएको थियो ।

कार्यक्रमका केही झलकहरु

 

, , , , , , , , , ,

Pages